विश्वकै कान्छो निर्देशकको दोस्रो फिल्मको टिजर

0
559

विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका  सौगात विष्ट निर्देशित दोस्रो फिल्म ‘हैरान’को टीजर रिलिज भएको छ । बिहिबार सार्वजनिक गरिएको टिजरमा कमेडी, एक्सन र ड्रामा देख्न सकिन्छ ।  जेठ ४ मा फिल्म रिलिज हुनेछ।

डान्स फिभरको ब्यानरमा निर्मित ‘हैरान’लाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सत्य–स्वरुपको संगीतमा रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ