Composition/Lyrics/Vocals – Swoopna Suman
Arranger/Recorded By- Firoz Bajracharya
Audio Production – Jyoti Studio

याद म राख्ने छु सधै, तिम्रो र मेरो कहानी यो,
सँगै बितेका ती पल होस या, मध्य रात सम्मको हाम्रो कुराकानी त्यो ..
समयको बेग सगै, बदलिए म बदलियौ तिमी पनि
हेर न के गर्नु रित यस्तै रहेछ, जिन्दगानीको ..

थाहा छैन के थियो तिम्रो र मेरो बिचमा
कलिलो त्यो माया या केवल
जोश जवानीको, ओ…
तिम्रो पनि आफ्नै सपनाहरु थियो
आशा छ पूरा गर्दै छौ तिनलाई,
ढाँटेको हैन लुकाउदिन कुराहरू
सम्झने गर्छु कहिले काँही तिमीलाई ..

फर्केर आउँ त भन्दिन, तर सम्झेर हासीदिनु मलाई
बिर्सेर जाउ पनि भन्दिन म, तिम्रो यादमा राखिदिनु है
सधै मलाई … सधै मलाई

याद म राख्ने छु सधै, तिम्रो त्यो हातको न्यानो स्पर्शलाई,
भुल्ने म छैन नि कतै, गाह्रो हुदाँको त्यो तिम्रो साथलाई ..
थाहा छैन के हुने हो भविष्यमा मेरो
तर जे छु म आज तिम्रै हात छ सधै ।

जीवनको मोडमा फेरि हाम्रो भेट त होला
आशा छ खुशी देखु सधैं तिमीलाई ।
चाहेको थिनँ तिम्रो चित्त दुखाउन कठै
थाहा छ बुझ्नेछौ तिमी कुनै दिन मलाई ।।

फर्केर आउँ त भन्दिन, तर सम्झेर हासीदिनु मलाई
बिर्सेर जाउँ पनि भन्दिन म, तिम्रो यादमा राखिदिनु है
सधै मलाई .. सधै मलाई

समयले नै मेटिन्छ, समयले नै कोरेको घाउ
भन्नु मेरो यति नै हो, जहाँ हुन्छौ तिमी सधै रमाउ
तर यादमा राख्नु है सधै
तिम्रो र मेरो कहानी यो …