Timi Ra Ma – Dixita Karki (Lyrics)

0
2082

आकासै रङ्गियो, सपनाहरुले
बतासै बनेर, आएछन् खुसि नि ।
पल्पल राखौंकि, अञ्जुलि भरेर
सम्झना पछिलाई, मायाको चिनारी ।।

यो पलमा तिमी र, म मात्रै हुने है
हुनीदेउ बर्तमान, भविष्य के सोच्नु ।
अङ्गालो तिम्रो नै, समयको परिधि
मायाका दुई चरी, मायामा दुई चरी ।।
तिमी र म, तिमी र म, तिमी र म …
तिमी र म, तिमी र म, तिमी र म …

 

आजको पल सधैं, भोलिको सम्झना
उनेर मुटुमा, समाली राख न ।
जादैनौ छोडेर, खाउ न कसम
ठुलो भो अङ्गालो, कसेर थाम न ।।

सपना जे देख्थे, त्यहि तिमी नै हौ
एक सास पर छ, मुटुको धड्कन ।
थामियोस यो पल, समयको परिधि
मायाका दुई चरी, मायामा दुई चरी ।।
तिमी र म, तिमी र म, तिमी र म …
तिमी र म, तिमी र म, तिमी र म …