On the left, an optical image from the Digitized Sky Survey shows Cygnus X-1, outlined in a red box. Cygnus X-1 is located near large active regions of star formation in the Milky Way, as seen in this image that spans some 700 light years across. An artist's illustration on the right depicts what astronomers think is happening within the Cygnus X-1 system. Cygnus X-1 is a so-called stellar-mass black hole, a class of black holes that comes from the collapse of a massive star. New studies with data from Chandra and several other telescopes have determined the black hole's spin, mass, and distance with unprecedented accuracy.

बीबीसी–हाम्रो आकाशगङ्गा ‘मिल्की–वे’को केन्द्रमा एक दर्जन जति ब्लाक होल हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । एक नयाँ विश्लेषणले आकाशगङ्गाको केन्द्रमा रहेको ‘अति भिमकाय ब्लाक होल’लाई साना ब्लाक होलहरुले घेरेको हुन्छ भन्ने दशकौैं पुरानो अनुमानलाई सहि देखाएको छ । यसको अध्ययन ‘न्याचर’ जर्नलमा विस्तृतमा छापिएको छ ।

न्यु योर्कस्थीत कोलम्बिया विश्वाविद्यालयका प्रध्यापक चाल्स हेले र उनका सहकर्मीहरुले नासाको चन्द्र एक्स–रे दुरदर्शक यन्त्रबाट प्राप्त सूचनाको प्रयोग गरेर यो निष्कर्ष निकालेका हुन् ।

अध्ययनबाट तिनले एक दर्जन निस्क्रिय र न्युन पिण्डको “बाइनरी प्रणाली’ को ब्लाक होल पत्ता लगाए । यी प्रत्यक ब्याक होल एक न्युन पिण्डको तारासँग मिलेर रहेकाले यसलाई ‘बाइनर प्रणाली’ भनिएको हो।
हाम्रो आकाशगङ्गा ‘मिल्की वे’ को केन्द्रमा रहेको भनिएको ‘स्यागिट्टारियस ए’ नामक ‘अति भिमकाय ब्लाक होल’ ग्यासको र धुलोको विशाल पिण्डले घेरिएको छ । यी ग्यास र धुलोले विशाल तारा निर्माणको वातावरण तयार गर्छ ।

यी विशाल तारा आफ्नो जीवनको अन्त्यमा ब्लाक होलमा बदलिन्छ । र यी ब्लाक होल ‘अति भिमकाय ब्लाक होल’को गुरुत्वका कारणले आकाशगङ्गाको केन्द्र नजिक नै रहन्छ । यसरी बनेका ब्याक होलले आफ्नो छेउबाट गुर्जिरहेका ताराहरुलाई तानेर आफू वरिपरि घुम्ने बनाउछन र ‘बाइनरी प्रणाली’ निर्माण गर्छ ।

यी ब्लाक होल पत्ता लगाउन ‘बाइनरी प्रणाली’ले कहिले काहीँ उत्सर्जन गर्ने एक्स रेको विस्फोटको पहिलेदेखि खोज गरिएको थियो । “एक्लै रहदा ब्लाक होल कालो हुने बाहेक अन्य काम गर्दैन तर जब तिनले अन्य न्यून पिण्डको ताराहरुसँग जोडी बनाउछन् तिनले एक्स रेको विस्फोट  अन्तरिक्षमा फ्याक्छ ।” प्रो हेलेले भने ।

“आकाशगङ्गाको केन्द्र पृथ्वीबाट निक्कै टाढा भएकाले यी विस्फोटहरु सय वा हजार वर्षमा एक पटक मात्र अवलोकन गर्न सकिन्छ ।” हेलेले थपे । ‘एक्स रे’ को खोजको क्रममा नासाको चन्द्र दुरदर्शक यन्त्रले संकलन गरेको सूचनाहरुमा अति भिमकाय ब्याक होलको ३ प्रकाश वर्षको दुरीमा १२ वटा न्युन पिण्डको तारा सहितको ब्लाक होलको ‘बाइनरी प्रणाली’ पत्ता लागेको थियो ।