क्यानडा–एक भाडामा लिइएको भ्यान टोरन्टोको फुटपाथमा हिँडिरहेका मानिसहरुमाथि चलाइदा दश जना मारिएका छन् । यो घटना १५ जना घाइते भएका छन् । घटनाको केही समयमै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । अभियुक्तको नाम रिचमण्ड हिल रहेको प्रहरीले जनाकारी दिएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार स्थानीय समय अनुरुप दिउसो १ः३० मा टोरन्टाको फिन्च एभेको नजिक उक्त भ्यान फुटपाथमा हिँडिरहेका वटुवाहरुमाथि चलाइएको थियो ।
तिनका अनुसार गाडी निक्कै तिब्र गतिमा अएको थियो र ड्राइभरले जानिबुझिकन मानिसहरुको भिडमा हानेको जस्तो देखिन्थ्यो । प्रहरी प्रशासनले भने यस घटनाको कारण र ड्राइभरको उदेश्यबारेमा प्रतिक्रिया दिन अस्विकार ग-यो ।
अलि नाम बताएका एक प्रत्यक्षदर्शीले भने “यो मानिसले नियतबश यो गरेका थिए र उनी सबै माथि गाडी चलाइरहेका थिए । उनले भ्यान चलाइरहे र मानिसहरु एक पछि अर्को उनको गाडीबाट हानिए ।” उनका अनुसार धेरैजसो पीडितहरु वृद्ध थिए र उनले घटनाको समयमा एक गुडाएर हिँडाउने कोक्रो हावामा उडेको देखेको बताए ।
घटनापछि अभियुक्तलाई पक्राउ गर्न खोजिदाँ एक भिडियोमा प्रहरी र अभियुक्तबीचमा तनाबपूर्ण गतिरोध भएको देखिन्छ । छेउमा रहेको मानिसको मोबाइल फोनबाट खिचिएको जस्तो देखिने यो भिडियोमा प्रहरीले उनको गाडि रोकेर ‘बाहिर निक्ली नत्र गोली हानिदिन्छौ’ भनेको सुनिन्छ । त्यसको केही पछि गाडीबाट ड्राइभर झरेपछि उनलाई पक्राउ गरिन्छ ।
अधिकारीहरुका अनुसार प्रहरीहरुसँग अभियुक्तको पुरानो रेकर्ड रहेको छैन ।